सेनाद्वारा खाँदबारी-किमाथांका सडक हस्तान्तरण

काठमाडौं । नेपाली सेनाले कोशी कोरिडोरको खाँदवारी-किमाथांका सडक खण्ड निर्माण सम्पन्न गरेको छ । 

संखुवासभा, भोटखोला गाउँपालिकास्थित च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.८१ कि.मि. सडक निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाले निर्माण सम्पन्न गरेर वैशाख २८ गते उत्तर-दक्षिण (कोशी) सडक आयोजनाका प्रमुखलाई हस्तान्तरण गरेको गरिसकेको छ ।  

Share News