प्रभु स्टक मार्केटको अध्यक्षमा रविन्द्र ढकाल चयन

काठमाडौं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्ष पदमा रविन्द्र ढकाल चयन भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २५ गते बसेको ६३औँ बैठकले प्रभु बैंक लिमिटेडका चिफ म्यानेजर ढकाललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । 

नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केट लिमिटेडले आफूलाई प्रतिस्पर्धी तथा प्रभावशाली स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।

ढकाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएसँगै कम्पनीको रणनीतिक विकास, सेवा विस्तार तथा पूँजी बजारमा प्रभावकारी उपस्थिति मजबुत बनाउने अपेक्षा गरिएको छ ।   

Share News