सलिकोको नाफा १३ करोड ३२ लाख,  स्पेसल रिजर्भ २ अर्ब माथि

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ४७ प्रतिशतले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको २०८२/८३ को तेस्रो त्रैमास (साउनदेखि चैत) सम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.९९ प्रतिशतले बढेको हो । अघिल्लो आवको यही समयमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.०९ प्रतिशतले बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले १ अर्ब २९ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

चैत्रसम्ममा कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीको स्पेसल रिर्जभमा २ अर्ब ५५ करोड रुपैयाँ थियो । त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आवको यही अवधिमा महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको समीक्षा अवधिसम्ममा वार्षिकीकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा,  प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ ।

Share News