नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट सदस्यमा भण्डारी निर्वाचित

फाइल तस्बिर ।

काठमाडौं । ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यमा विजयी भएका छन् ।  

१ हजार ४३ मत प्राप्त गर्दै उनी विजयी भएका हुन् ।

तीन दशकदेखि स्वास्थ्य व्यवसायीको क्षेत्रमा सक्रिय भण्डारी स्वास्थ्य क्षेत्रका व्यवसायी व्यवस्थापक हुन् ।  

आजभन्दा करिब तीन दशक अघि सिन्धुपाल्चोकबाट काठमाडौं आएका भण्डारी स्वास्थ्य क्षेत्रका उपकरण व्यवसायीका रूपमा यो क्षेत्रमा छिरेका थिए ।

करिब १९ वर्षसम्म मेडिकल उपकरणको व्यवसाय गरेका उनी हाल काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालको नेतृत्व गरिरहेका छन् भने उनैको नेतृत्वमा भक्तपुरको गठ्ठाघरमा रहेको नागरिक अस्पताल पनि सञ्चालन भइरहेको छ ।

ह्याम्सलाई अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाएका भण्डारीले नागरिक अस्पताललाई पनि ह्याम्स जस्तै अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने क्रममा छन् ।

भण्डारीले स्वास्थ्य क्षेत्रलाई व्यवसायका रूपमा मात्र नभइ सेवा र जिम्मेवारीका रूपमा लिइरहेका छन् ।

अस्पतालमा दक्ष जनशक्ति, अत्याधुनिक उपकरण र प्रभावकारी व्यवस्थापन प्रणालीमार्फत बिरामीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने काममा अग्रसर छन् ।

Share News