जगेडाबाटै घर गए सहसचिव लामिछाने, ढकाल पालो कुर्दै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव रुद्रप्रसाद लामिछाने अनिवार्य अवकाशमा गएका छन् । ५८ वर्षे उमेरहद पूरा भएपछि उनी मन्त्रालयको जगेडा समूहबाटै घर फर्किएका हुन् ।

लामिछानेले सेवाअवधिको अन्तिम समयमा कुनै नयाँ जिम्मेवारी नपाई अतिरिक्त समूहबाटै निजामती सेवाको यात्रा टुंग्याएका छन् । सहसचिव तहका कर्मचारीलाई जिम्मेवारीमा खटाउने विषय चर्चामा रहने गरे पनि लामिछाने भने नयाँ जिम्मेवारीविनै घर जान बाध्य भएका छन् ।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका अर्का सहसचिव सुशील ढकाल पनि अवकाशको तयारीमा छन् । ५८ वर्षे उमेरहद पूरा हुन लागेका ढकाल आगामी मंसिर ११ गते अनिवार्य अवकाशमा जाने निजामती किताबखानाले जनाएको छ । तिहारपछि उनी पनि सरकारी सेवाबाट बिदा हुने तयारीमा छन् । 

Share News