काठमाडौं । चार महिनाअघि हतियार देखाएर सुनचाँदी पसलमा लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार ३० वर्षीय बिकेस राजवाहक र ३४ वर्षीय अरुण भुजले पक्राउ परेका हुन् ।
गत पुष २१ मा काठमाडौं महानगरपालिका २५ मान्सान गल्लीस्थित रहेको होलसेल पसलमा पेस्तोल देखाई २ तोलाको सुनको सिक्री, नगद ४ लाख, मोबाइल थान २ र सीसीटीभी समेत लुटेका थिए ।
चाइनिज पेस्तोल १ थान, ऐ.ऐ. म्यागजिन १ थान, गोली १ थान र १ थान नकसहित उनीहरूलाई पक्राउ गरिएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार लुटपाट गर्दा लगाएका लुगा र स्कुटरसमेत पक्राउ गरिएको छ ।
इन्द्रचोकस्थित एक ज्वेलरीमा हतियार देखाई लुटपाट गर्ने २ जना पनि पक्राउ परेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।