कांग्रेस दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको  कांग्रेस सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने सचिवालयले जनाएकाे छ । 

 

Share News