काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २७३८ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बिहीबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिनिङको भएको छ । रिलाइन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै आँखु खोला जलविद्युतको २१ करोड, नेसनल हाइड्रोको १९ करोड, शिवम् सिमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।