काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको अर्जुनधारा नगरपालिका-११ चिया बगानबाट खैरो हेरोइनसहित ५ जना, फिदिम नगरपालिका-१ शनिबारेबाट २ जना, सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट ३ जना, धरान उपमहानगरपालिका-११ बाट १ जना र मध्यपुरथिमी नगरपालिका-१ मनोहराबाट २ जनलाई पक्राउ गरिएको हो ।
उनीहरुमध्ये केहीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि नगद लागूऔषध जोख्न प्रयोग हुने डिजिटल तराजुसमेत बरामद भएको छ ।
यसैगरी, कोहलपुर नगरपालिका-१० चडिण्डका टोलबाट १ जना, पोखरा महानगरपालिका-२५ याम्दीबाट १ जना र सिम्रौनगढ नगरपालिका-३ भट्टीवैरियाबाट २ जना, नेपालगन्ज उपमहानगरपालिका-१३ लालापुरबाट १ जनालाई पक्राउ गरेको हो । उनीहरू बुधबार पक्राउ परेका हुन् ।