सीडीएससीको कामु सीईओमा कञ्चन सापकोटा

फाइल तस्बिर ।

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी कञ्चन सापकोटाले पाएकी छिन् ।

सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको प्रशासन तथा मानव संसाधन प्रमुख सापकोटालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सीडीएससी सञ्चालक समितिको बैठकले कम्पनीको सेवा शर्त विनियमावली २०७५ को दफा ४५ को उपदफा ३ बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा सापकोटालाई कायम मुकायमको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिले प्रविन पन्दाकलाई सीडीएससीको सञ्चालकबाट फिर्ता बोलाएपछि सीडीएससीको सीईओ खाली भएको थियो । 

पन्दाक सीडीएससीको सञ्चालकसहित सीईओको जिम्मेवारीमा पनि थिइन् ।  

Share News