काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद ६८ हजार २०० रुपैयाँसहित एक जनालाई पक्राउ गरिएको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१ बाट एक, घोडाघोडी नगरपालिका–१० पहलमानपुरबाट दुई, वीरेन्द्रनगर नगरपालिका-८ सिम्ताली चोकबाट दुई, कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ बाट एक, सुनसरीको इनरुवा नगरपालिका-४ बसचोकबाट दुई र दाङको घोराही उपमहानगरपालिका-१५ भानुचोकबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो ।
अभियुक्त शनिबार पक्राउ परेका हुन् । उनीहरुबाट नगद र लागुऔषध जोख्न प्रयोग हुने तराजुसमेत बरामद गरिएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक, बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र १६ हजार ५०० नगदसहित पक्राउ गरिएको छ ।
यसैगरी, इलामको सूर्योदय नगरपालिका-११ कालापानीबाट दुई, झापाको भद्रपुर नगरपालिका–५ बाट नौ, शिवसताक्षी नगरपालिका-१ बाट दुई, कञ्चनपुरको वेदकोट नगरपालिका-८ बाट दुई, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट दुई, रुपन्देहीको बुटवल उपमहानगरपालिका-१५ गोब्रैयाबाट दुई, सैनामैना नगरपालिका-५ बुद्धनगरबाट एकजनालाई पक्राउ गरिएको हो ।
यसैगरी, विराटनगर महानगरपालिका-१५ बाट एक, रुकुमपश्चिमको त्रिवेणी गाउँपालिाका–२ बिसौनीबाट एक, दाङको घोराही उपमहानगरपालिका-५ बाट शीतलपुरबाट एक, बर्दियाको बढैयाताल गाउँपालिका-६ रानीपुरबाट चार जना, पोखरा महानगरपालिका-५ प्रस्याङबाट दुई र धनुषाको गणेशमान चारनाथ नगरपालिका-२ राधापुरबाट एक जनालाई चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको जनाइएको छ ।