पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । 

पाण्डेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।

राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका पाण्डेलाई पक्राउ गरेको  सीआईबी प्रमुख डा. मनोज केसीले विकासन्युजलाई जानकारी दिए ।

२०७९ सालको निर्वाचनमा  चितवन- ३ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका पाण्डे निर्माण कम्पनी कालिका ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक हुन् । 

सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर गरेको प्रकरणमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरेको सीआईबीले जनाएको छ । 

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको भन्दै पाण्डेविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी ४ करोड धरौटी बुझाएर रिहा भएका थिए ।

Share News