टायर बजार विस्तारमा राल्सन, १६ सहरमा डिलर माग

काठमाडौं । टायर ब्रान्ड राल्सन टायरले नेपालका विभिन्न सहरहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्यसहित डिलरशिपका लागि आह्वान गरेको छ । करिब ५० वर्षदेखि विश्व बजारमा विश्वासिलो सेवा प्रदान गर्दै आएको यस ब्रान्डले नेपालभर आफ्नो व्यापारिक सञ्जाल विस्तार गर्न नयाँ डिलरहरूको खोजी थालेको हो ।

राल्सन टायर मजबुत निर्माण, उच्च टिकाउपन र भरपर्दो कार्यक्षमताका कारण विश्वभर परिचित मानिन्छ । नेपालको जस्तो विविध र चुनौतीपूर्ण भौगोलिक अवस्था—कच्ची तथा पक्की सडक दुवैका लागि यो टायर उपयुक्त रहेको कम्पनीको दाबी छ । भारी तौल बहन गर्ने उच्च क्षमता, लामो माइलेज, बलियो ग्रिप, मजबुत ट्रेड डिजाइन तथा पन्चर प्रतिरोधात्मक विशेषताले यसलाई विशेषगरी व्यावसायिक सवारी साधनधनीहरूका लागि किफायती विकल्प बनाएको बताइएको छ ।

कम्पनीका अनुसार धनगढी, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवल, पोखरा, नारायणघाट, वीरगन्ज, काठमाडौं, जनकपुर, लहान, विराटनगर, धरान, इटहरी, दमक र बिर्तामोड लगायतका प्रमुख सहरहरूमा डिलरशिपका लागि आवेदन खुला गरिएको छ । इच्छुक स्थानीय व्यवसायीहरूले तोकिएका स्थानबाट आधिकारिक डिलरको रूपमा कार्य गर्न सक्नेछन् ।

यस ब्रान्डसँग आबद्ध भई व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरूले कम्पनीको मोबाइल नम्बर ९८०३९३१२१८ मा सम्पर्क गरी आवेदन प्रक्रियाबारे जानकारी लिन सक्नेछन् । साथै थप जानकारीका लागि नेपाल टेलिकमको टोल–फ्री नम्बर १६६००१५५७७७ र एनसेलको हटलाइन नम्बर ९७०७०५३४४२ समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Share News