हिमालय रिको सञ्चालकमा मिश्र र न्यौपाने नियुक्त

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन गरिएको छ । संस्थापक सेयरधनी कम्पनीहरूको प्रतिनिधित्व गर्ने सञ्चालकहरूमा हेरफेर गरिएको हो ।

वैशाख ४ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले सञ्चालकहरुले दिएको राजीनामा स्वीकृत गरी सोही बैठकबाट नयाँ सञ्चालक नियुक्ति गरेको कम्पनीका सचिव सन्तोष केसीले जानकारी दिए । 

आगामी वार्षिक साधारण सभासम्मका लागि दीपक कुमार मिश्र र आशिष चन्द्र न्यौपानेलाई सञ्चालकमा नियुक्त गरिएको छ ।

यसअघि सञ्चालकबाट राजीनामा दिएका अमित मोर, राजीव मोर, शुभेक्षा खरेल र सुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेकाे जानकारी दिएकाे छ । 

Share News