काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २८०७ बिन्दुमा झरेको हो ।
नेप्सेका अनुसार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २१५ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
मंगलबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । सोलुको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै रिलाइन्स स्पिीनिङको ३० करोड, नेसनल हाइड्रोको २३ करोड, होटल फोरेस्टको २२ करोड र एसवाई प्यानलको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको कारोबारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुन्ड हाइड्रो र पाल्पा सिमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेका छन् । शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् ।
आज १३ समूहको उपसमूहमध्ये एउटाको सूचक बढेको छ । होटल एन्ड टुरिजमको सेयर मूल्य १.१६ प्रतिशतले बढेकाे छ ।