मंगलबार सुन तोलामा १ हजार ६०० रुपैयाँले महँगियो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर ५ हजार १६० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार ५ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुन–चाँदीको मूल्यमा उतारचढाव देखिएको हो ।

Share News