इरानको आणविक मुद्दामा रुसको ‘इन्ट्री’, युरेनियम लैजान सघाउने प्रस्ताव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन । फाइल तस्बिर ।

काठमाडौं । रुसको सरकारी आणविक ऊर्जा कम्पनी रोसाटोमका प्रमुख अलेक्सी लिखाचेभले रुसले इरानबाट सम्वर्धित युरेनियम लैजान सहयोग गर्न सक्ने बताएका छन् ।

बीबीसी पर्सियनका अनुसार यो जानकारी औद्योगिक प्रकाशन ‘​​​​​​स्ट्राना रोसाटोम’ को टेलिग्राम च्यानलमा प्रकाशित गरिएको हो ।

एलेक्सीले भनेका छन्, ‘प्राविधिक कठिनाइहरू बाहेक अमेरिका र इरानबीच हुने भविष्यको सम्झौतामा विश्वासको विषय सबैभन्दा महत्त्वपूर्ण छ ।’

‘यस विषयमा इरानसँग राम्रो सहकार्यको अनुभव रुससँग मात्र छ । सन् २०१५ मा इरानको अनुरोधमा हामीले पहिले पनि सम्वर्धित युरेनियम लगेका थियौं र अहिले पनि यसमा सहयोग गर्न तयार छौं,’ उनले थपे ।

दुई दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता ‘धेरै नजिक’ पुगेको बताएका थिए ।

उनले इरानले करिब ४४० किलो सम्वर्धित युरेनियम दिन सहमति जनाएको दाबी गरेका थिए । तर इरानको विदेश मन्त्रालयका प्रवक्ताले युरेनियम दिने दाबीलाई अस्वीकार गरेका छन् ।

हर्मुज स्ट्रेटमा भारतीय झण्डावाहक जहाजमाथि गोलीबारी, अवस्था झन् जटिल बन्दै

Share News