सहकारी ऐन विपरीत काम नगर्न काठमाडौं महानगरकाे निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूलाई सहकारी ऐन विपरीतका गतिविधि नगर्न कडा निर्देशन दिएको छ । महानगरपालिकाको सहकारी विभागले केही सहकारी संस्थाहरूले ऐन तथा नियम विपरीत कार्य गरेको पाइएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न निर्देशन दिइएको हो । 

सहकारी ऐन विपरीत कार्यहरू कानुनतः कसुर मानिने भएकाले सबै सहकारी संस्थालाई सचेत रहन महानगरले आग्रह गरेको छ । महानगरका अनुसार दर्ता नगरी वा खारेज भएका संस्था सञ्चालन गर्नु, सहकारी नाम दुरुपयोग गरी कारोबार गर्नु, सदस्यको बचत अन्यत्र प्रयोग गर्नु, बिना सुरक्षण ऋण प्रवाह गर्नु, तथा संस्थाको सम्पत्ति हिनामिना गर्नु जस्ता कार्यहरू कसुर मानिने छन् ।

यसैगरी, झुट्टा विवरण पेश गरी कर्जा लिनु, कृत्रिम व्यवसाय खडा गर्नु, धितोको गलत मूल्याङ्कन गर्नु, ऋणको दुरुपयोग गर्नु, कागजातमा जालसाजी गर्नु तथा अवैध लाभ लिन-दिनु जस्ता गतिविधिहरू पनि दण्डनीय हुने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सहकारी ऐनको दफा ७९ अनुसार यस्ता कसुर गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।

null

Share News