काठमाडौं । युद्धविरामको अवधिभर स्ट्रेट अफ होर्मुज पूर्णरूपमा खुला रहने भएको छ। इरानको विदेश मन्त्रालयले युद्धविरामको अवधिभर पूर्ण रुपमा होर्मुज सञ्चालन हुने घोषणा गरेको हो ।
इरानले युद्धविरामको अधवधिर होर्मुजमा कुनै अवरोध नहुने प्रष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिका र इरानबीच १५ दिने युद्धविराम जारी छ । युद्धविराम अप्रिल ८ देखि औपचारिक रूपमा सुरु भएको हो।
पाकिस्तानको सक्रिय मध्यस्थतामा सम्भव भएको यो युद्धविरामको मुख्य उद्देश्य दुई देशबीच बढ्दो सैन्य तनावलाई कम गरी वार्ताको वातावरण सिर्जना गर्नु थियो ।
तर, अप्रिलको दोस्रो साता इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्तामा कुनै ठोस सहमति जुट्न सकेन ।
इरानले आफ्नो परमाणु नीति र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मुज’ माथिको आफ्नो अडान नछोडेपछि वार्ता विना निष्कर्ष टुंगिएको हो ।
दुई मुलुकबीच दोस्रो तहमा वार्ता भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । यही सप्ताहान्तभित्र परिणामुखी वार्ता हुने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले दावी गरेका छन् ।