बुधबार सुनको मूल्य तोलामा ३ लाख २ हजार ७०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन प्रतितोला ६ हजार रुपैयाँ र चाँदी ३२० रुपैयाँले बढेको हो ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० रुपैयाँ कायम भएको छ । 

गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । गत आइतबार दुई लाख ९७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।   

Share News