काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडलेघर भाडामा दिने भएको छ । यूनाइटेड अजोडको नाममा लिजहोल्ड कायम रहेको थापाथलीस्थित ट्रेड टावरको चौथो तल्ला कार्यालय प्रयोजनका लागि भाडामा दिने भएको हो ।
कम्पनीका अनुसार करिब ५ हजार वर्गफिट क्षेत्रफल रहेको उक्त स्थान भौतिक पूर्वाधारसहित, सुरक्षा तथा पार्किङको सुविधायुक्त रहेको छ र तत्काल कार्यालय सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ ।
भाडामा लिन इच्छुक व्यक्ति वा कम्पनीले प्रस्तावित मासिक भाडादर (करसहित) तथा कति वर्षका लागि लिने भन्ने विवरण खुलाएर आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको प्रशासन विभागमा स्वयं उपस्थित भई, हुलाकमार्फत वा इमेलमार्फत पठाउन सकिने जनाएको छ
प्राप्त प्रस्तावहरूको मूल्यांकनपछि भाडामा दिने वा नदिने अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा नै निहित रहने कम्पनीले स्पष्ट पारेको छ ।