काठमाडौं । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूका लागि विशेष ‘नयाँ वर्ष अफर’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न सामग्री खरिदमा ८३ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले नयाँ वर्षलाई उत्साहपूर्वक स्वागत गर्न ल्याएको उक्त अफर वैशाख महिनाभर लागू हुने जनाएको छ। यसअन्तर्गत ग्राहकहरूले घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन तथा दैनिक उपभोग्य वस्तुहरू खरिद गर्दा विशेष छुट पाउनेछन् ।
नेपाली बजारमा ई–कमर्सको पहुँच विस्तार गर्दै ग्राहकलाई सुपथ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ ।
सेवाग्राहीहरूले गुगल प्ले स्टोर र एप स्टोर मार्फत बिजबजारको मोबाइल एप डाउनलोड गरी सेवा लिन सक्नेछन् । साथै, ल्यापटप वा डेस्कटप प्रयोगकर्ताले बिजबजारको आधिकारिक वेबसाइटमार्फत पनि अनलाइन सपिङ गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नयाँ वर्ष विशेष अफरअन्तर्गतका सामग्री अर्डर गर्न ग्राहकहरूले बिजबजारको वेबसाइट तथा मोबाइल एपमार्फत सहज रूपमा खरिद प्रक्रिया पूरा गर्न सक्नेछन् ।