स्वार्णिम वाग्ले भन्छन्–राजीतिक नेतृत्व पंगु त भएकै थियो, आर्थिक संस्था पनि कब्जा गरियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले मुलुकमा कुशासन बढेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको अर्थसमिति बैठकमा बोल्दै उनले राजीतिक नेतृत्व पंगु, भ्रष्ट, निकम्मा बन्दै गएको अवस्थामा अब आर्थिक संस्था पनि कब्जामा गएको बताएका हुन् । 

सांसद वाग्लेले विचौलियाको चलखेल धेरै बढेको बताउँदै यसलाई रोक्ने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।

सांसद् वाग्लेले भने– ‘जताततै कुशासन बढेको एफएटिएफदेखि लिएर ग्रेलिस्टहरुले नै देखाउछ, आर्थिक क्षेत्र पहिले विचौलियाहरुबाट निरपेक्ष रुपमा जोगाइएको थियो । नीतिगत चलखेल, भ्रष्टाचार, आर्थिक संस्थाहरु कब्जा गर्ने जुन देखिरहेको छ । यसलाई कसरी रोक्ने त्यता राष्ट्र बैंकले ध्यान दिनुपर्यो ।’

सांसद वाग्लेकाअनुसार राष्ट्र बैंक, सेबनहरु डुबाउने दिशातर्फ लगिएको छ, यो सुखद् होइन । 
 

Share News