काठमाडौं । फोनपेले ग्लोबल मनि विक २०२५ को अवसरमा “Fonepay Digi-Smart Nepal” अभियान सञ्चालन गरिरहेको छ । यस अभियानको उद्देश्य नेपाल भर डिजिटल वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु का साथै डिजिटल भुक्तानीलाई सुरक्षित, सरल, र पहुँच योग्य बनाउनु हो ।
अभियानले डिजिटल वित्तीय प्रणाली प्रति नागरिकहरूको विश्वास अभिवृद्धि गर्दै डिजिटल भुक्तानीको सही प्रयोग, सुरक्षाका उपायहरू, र यसको फाइदाबारे जानकारी प्रदान गर्नेछ |
Fonepay Digi-Smart Nepal अभियान अन्तर्गत डिजिटल वित्तीय साक्षरता र जन चेतना प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन् |
Digi-Smart Nepal अभियानमार्फत फोनपे ले डिजिटल भुक्तानीलाई अझ सरल, सुरक्षित, र सबैका लागि सहज बनाउने लक्ष्य राखेको छ । अभियान अवधि मार्च १७ देखि मार्च ३१, २०२५ सम्म रहनेछ।
यो अवधिमा मात्र नभएर हामी सधैँ डिजिटल भुक्तानी गर्दा सुरक्षित कारोबार सुनिश्चित गर्न हामी सबै सचेत रहनुपर्छ । सुरक्षित डिजिटल कारोबारलाई प्रोत्साहित गर्न, प्रत्येक नागरिकले डिजिटल भुक्तानीका सुरक्षित अभ्यासहरू अपनाउनु आवश्यक छ ।
पछिल्लो समयमा डिजिटल ठगीका घटना बढ्दै गइरहेका छन्, त्यसैले सुरक्षित डिजिटल कारोबारका लागि सतर्कता अपनाउनु जरुरी छ । आफ्ना व्यक्तिगत वित्तीय विवरणहरू सुरक्षित राख्न र सुरक्षित डिजिटल माध्यमहरूको प्रयोग गर्न फोनपेले अनुरोध गरेको छ ।