रोकिएन सेयर बजारको गिरावट, कारोबारमा भने सुधार

<p>काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.८८ अंकले बढेर २६८२.१५ बिन्दुमा झरेको छ । आज ५३ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएकोमा बुधबार बढेर ५ अर्ब [&hellip;]</p>

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.८८ अंकले बढेर २६८२.१५ बिन्दुमा झरेको छ ।

आज ५३ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ४ अर्ब ३४ करोडको कारोबार भएकोमा बुधबार बढेर ५ अर्ब १४ करोडको कारोबार भएको छ ।

बुधबार ३११ कम्पनीको ९५ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २३ करोड, नेपाल रिइन्स्योरेन्सको १७ करोड, ग्रिन डेभलपमेन्ट बैंकको १५ करोड र हिमालयन पावर पाटर्नरको १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

बुधबार होटल तथा पर्यटन ०.१० र व्यापार ०.६० प्रतिशतले बढेकाे छ भने अरु सबै सेक्टरक सूचक घटेका छन् ।

यस्तै, फाइनान्स सेक्टर सबैभन्दा धेरै १.५३ प्रतिशतले घटेकाे छ । बैंकिङ ०.५६, विकास बैंक ०.१३, हाइड्रोपावर ०.६७, लगानी ०.४९, जीवन बीमा १.४८, उत्पादन ०.३३, माइक्रोफाइनान्स ०.४८, निर्जीवन बीमा ०.५१, तथा अन्य सेक्टर ०.५१ प्रतिशतले घटेकाे छ ।

Share News