काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा झरेको छ ।
आज २४ कम्पनीको मूल्य बढ्दा २१७ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
आइतबार ३१५ कम्पनीको २ करोड २७ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ ।
साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ५९ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ५५ करोड, गर्डियन माइक्रोलाइफको ४५ करोड र सीइडीबी होल्डिङको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आइतबार सबै समूह घटेका छन् । अन्य क्षेत्र सबैभन्दा धेरै २.६९ प्रतिशत घटेकाे छ । बैंकिङ १.३६, विकास बैंक १.७१, फाइनान्स १.८७, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन ०.९१, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा १.२६, अन्य २.६९ तथा व्यापार ०.८१ प्रतिशतले घटेकाे छ ।
आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, आइसीएफसीडी फाइनान्स लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।