काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फागुन २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।