विजय लघुवित्तको सहयोगमा ३ दिने स्वास्थ्य शिविर सञ्चालन, उद्घाटनकै दिन २ सय महिलाले स्वास्थ्य जाँच गराए

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यहरुलाई लक्षित गर्दै सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ ३ दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । मुुलतः महिलाहरुको पाठेघरको क्यान्सरको प्रारम्भिर परिक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नाक, कान, घाटीसहित [&hellip;]</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्यहरुलाई लक्षित गर्दै सिरहाको धनगढीमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विभिन्न प्रकारका क्यान्सर रोगको प्रारम्भिक पहिचान गर्ने तथा रोकथाम गर्न नागरिक सचेत गराउने उद्देश्यका साथ ३ दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

मुुलतः महिलाहरुको पाठेघरको क्यान्सरको प्रारम्भिर परिक्षण गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा नाक, कान, घाटीसहित स्त्री रोग सम्बन्धी सेवा समेत उपलब्ध गराइदैछ ।

फागुन १५ देखि १७ गते ३ दिनसम्म चल्ने स्वास्थ्य शिविरको बिहीबार उद्घाटन भएको छ । उद्घाटनकै दिन करिब २ सय स्थानीय महिलाले स्वास्थ्य जाँच गराएका छन् ।

स्वास्थ्य शिविर उद्घाटन गर्दै धनगढी माइ नगरपालिकाका मेयर शिव शंकर महतोले आफ्नो क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै विजय लघुवित्तलाई धन्यबाद दिए । वित्तीय संस्थाहरुले यस्ता कार्यक्रम आयोजना गर्नु आफैमा सुखद पक्ष रहेको भन्दै उनले आफ्नो पालिकाका धेरै महिला दिदीबहिनीहरुले शिविरबाट लाभ लिनेमा आफू विस्वस्त रहेको बताए ।

उद्घाटन समारोहमा बोल्दै विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्सालले संस्थाले वित्तीय सेवामात्रै नभएर समय समयमा सामाजिक कार्यहरु समेत गर्दै आएको भन्दै विगतमा पनि आफूहरुले यस्ता स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रममा विशेषज्ञ चिकित्सक डा। बिवेक कँडेल र अयोध्या पाठकले शिविरमा उपलब्ध हुने प्राविधिक पक्षबारे जानकारी गराएका थिए ।

स्वास्थ्य शिविर सञ्चालनका लागि विजय लघुवित्तले विपि कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर र धनगढीमाई नगरपालिकाबीच समन्वय गरी आर्थिक सहयोग जुटाएको थियो । नगरपालिकाले नै आयोजना गरेको स्वास्थ्य शिविरका लागि विपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरले प्राविधिक सहयोग उपलब्ध गराएको हो ।

Share News