बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० सम्म बोनस पाइने

<p>काठमाडौं । आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । &#8216;बोटिम&#8217; एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले [&hellip;]</p>

काठमाडौं । आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

‘बोटिम’ एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले राखेको छ ।

यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत नेपाली १० हजार वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन आइएमई पेले लामो समय देखि सेवा दिँदै आएको कम्पनीको दाबी छ ।

Share News