८.५ प्रतिशत ब्याजदरमा ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र जारी गर्दै

<p>काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । कार्यालयले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । गर्न लागेको हो । उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद [&hellip;]</p>

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन तथा बिक्री गर्ने भएको हो । कार्यालयले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म ५ वर्ष अवधिको वैदेशिकर रोजगार बचतपत्र बिक्री गर्ने भएको हो । गर्न लागेको हो ।

उक्त बचतपत्र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैरआवासीय नेपालीले खरिद गर्न पाउने छन् । वैदेशिक रोजगारीमा रहेका वा स्वदेश फर्किएको ६ महिना नपुगेका नेपाली नागरीक र गैरआवसीय नेपाली तथा परिवार सदस्यले पनि बचतपत्रमा आवेदन दिन सक्नेछन् ।

यस बचतपत्र ब्याजदर वार्षिक ८.५ प्रतिशत तोकेको छ । उक्त ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले हाल प्रदान गरिरहेको ब्याज भन्दा धेरै हो । ब्याज भने ६÷६ महिनामा भुक्तानी हुनेछ । साँवा २०८६ चैत १८ गते एकमुष्ठ रूपमा पाइने छ । बचतपत्रमा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँले निःशेष भाग जाने अंकमा आवेदन दिनु पर्नेछ ।

Share News