प्रभु महालक्ष्मी, कालिका लघुवित्त र नेशनल लघुवित्तबाट बाहिरिँदै संस्थापक

<p>काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट माउन्टेन इन्फ्रा कम्पनी बाहिरिने भएको छ । माउन्टेन इन्फ्राले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिने भएको हो । संस्थापक सेयरधनी माउन्टेन इन्फ्राले आफ्नो नाममा रहेको २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउने छन् [&hellip;]</p>

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सबाट माउन्टेन इन्फ्रा कम्पनी बाहिरिने भएको छ । माउन्टेन इन्फ्राले आफ्नो स्वामित्वको सेयर बिक्री गरेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिने भएको हो ।

संस्थापक सेयरधनी माउन्टेन इन्फ्राले आफ्नो नाममा रहेको २ लाख २१ हजार ६५० कित्ता सेयर बिक्रीमा राखेको हो । कम्पनीको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाका ३ जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका संस्थापक सेयरधनी रुद्र प्रसाद शर्माले ७ हजार १४० कित्ता, लक्ष्मी सुवेदीले २ हजार कित्ता र महान बहादुरले १ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

लघुवित्तको उक्त सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।

यस्तै, नेशनल लघुवित्त संस्थाका ७ जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । लघुवित्तका सेयरधनी बिमल पाण्डेले १० हजार कित्ता, राम कुमार गौतमले ४ हजार ८ सय कित्ता, मिलन कोइरालाले १ हजार ११५ कित्ता, गौरीशंकर पोदारले २ हजार कित्ता, रमेश कुमार घिमिरेले १ हजार ५८२ कित्ता, महेन्द्र प्रसाद चुडालले ८ हजार कित्ता र तारदेबी गुरूङ्गले ४ हजार ७९ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

लघुवित्तको उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरूले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।

 

Share News