काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ बिन्दुमा पुगेको छ ।
नेप्सेका अनुसार ८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
मंगलबार ३१४ कम्पनीको १ करोड ८२ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ८२ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ५१ करोड, पिपुल्स हाइड्रोपावरको २९ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड र सीइडीबी होल्डीङको २० करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
मंगलबार ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमरजिङ नेपाल र गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक र केबीयल डिभेन्चर २०८६ को सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।