आईसीएफसी फाइनान्सको ऋणपत्रमा ७ गुणा बढीको आवेदन

<p>काठमाडौं । आईसीएफसी फाइनान्सले माघ ९ गते निष्कासन गरेको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ । कम्पनीका अनुसार ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ मा मागभन्दा सात गुणाले आवेदन परेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहानसम्म ९ हजार ४ सय ६७ जना आवेदकले  निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार [&hellip;]</p>

काठमाडौं । आईसीएफसी फाइनान्सले माघ ९ गते निष्कासन गरेको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ । कम्पनीका अनुसार ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर’ मा मागभन्दा सात गुणाले आवेदन परेको हो ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहानसम्म ९ हजार ४ सय ६७ जना आवेदकले  निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार ९ सय ११ कित्ताका लागि आवेदन दिएका हुन्, जसको रकम ७० करोड ७९ लाख ११ हजार रुपैयाँ छ ।

कम्पनीले ३० करोड रुपैयाँबराबरको सात वर्षे विकास ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर- २०८८’ जारी गरेको हो । जसअनुसार कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गरेको छ ।

कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। । बाँकी १ लाख २० हजार इकाइको कम्पनीले सार्वजनिक निष्कासन गरेको हो ।

सार्वजनिक निष्कासन गरिने कुल इकाइमध्ये ५ प्रतिशतले हुन आउने ६ हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख २० हजार इकाइका लागि खरिद आवेदन दि‍एका थिए ।

ऋणपत्रमा धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटल, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरू र सीडीएससीको मेरो सेयरबाट आवेदन दिन सकिनेछ ।

Share News