काठमाडौं । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १०.६१ अंकले घटेर २६३३.३२ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार १०५ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीमा भने कुनै परिवर्तन आएको छ ।
सोमबार ३१२ कम्पनीको १ करोड ७२ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ । सिन्धुको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २६ करोड, माउन्टेन इनर्जी नेपालको २६ करोड र हिमालयन रिइन्स्योरेन्सको २३ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज न्यादी हाइड्रोपावको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।