सेयर बजारमा ९ अर्बको कारोबार, ४ वटा कम्पनीमा नकारात्मक सर्किट

<p>काठमाडौं । साताको पहिलो करोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३१८ कम्पनीको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो करोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । सप्तकोशीको ३९ करोड रुपैयाँ बढीको कारोबार भएको हो ।

साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३५ करोड, सिन्धु विकास बैंकको २९ करोड र सीइडीबी होल्डिङकाे २५ करोड रुपैयाँ बढीको सेयर करोबार भएको छ ।

आज उपकार लघुवित्त र माथिल्लो मैलुन खोला जदविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, ४ वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।

बोटर्लस नेपाल बालाजु, एनआइसी एसिया डिभेन्चर, डोटी पावर कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

Share News