सेयर बजारमा ५ अर्बको कारोबार, ५ कम्पनीमा सकारात्मक सर्किट

<p>काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा झरेको छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार २९६ कम्पनीको १ करोड [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा झरेको छ ।

आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।

बिहीबार २९६ कम्पनीको १ करोड १७ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै करोबार सिन्धु बिकास बैंकको भएको छ । सिन्धुको २८ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बोटर्लस नेपाल, विन नेपाल लघुवित्त र मन्दाकीनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

यस्तै बिहीबार पोखरा फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

Share News