काठमाडौं । गरिमा म्युचुअल फण्ड ४ दिनमै बिक्री भएको छ । गरिमा क्यापिटलको गरिमा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाका इकाई ४ दिनमा नै बिक्री भएको जनाएको छ ।
कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेको उक्त फण्ड गरिमा म्युचूअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना हो । क्यापिटलको पुस ७ गतेदेखि आज पुस ११ गतेसम्म बिक्री खुला गरेको थियो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ ।
१० वर्ष अवधि रहेको उक्त योजनामा रितपूर्वक मागभन्दा बढी रकमको लागि आवेदन परेकाले निष्काशन बन्द गरिएको क्यापिटलले जनाएको छ ।