पिपुल्स हाइड्रोपावरको हकप्रद संशोधन

<p>काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर संशोधन गरेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभाले पारित गरेको हकप्रद सेयर संशोधन गरेको हो । कम्पनीको १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको [&hellip;]</p>

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर संशोधन गरेको छ । कम्पनीले १६ औं वार्षिक साधारण सभाले पारित गरेको हकप्रद सेयर संशोधन गरेको हो ।

कम्पनीको १६ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गर्दै कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले सो हकप्रद सेयर १७ औं वार्षिक साधारण सभाले पारित गरेपश्चात निष्कासन गर्नेछ ।

Share News