काठमाडाैं । सीईडीबी होल्डिङ्ग्स लिमिटेडले हकप्रद निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले मङ्सिर २० गते बोर्डमा आवेदन दिएको जनाएको छ ।
हाल कायम चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको ५४.५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले ५६ करोड ३६ लाख ५९ हजार १ सय ९८ रुपैयाँको ५६ लाख ३६ हजार ५ सय ९१ दशमलव ९८ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ।
असोज २१ गते बसेको कम्पनीको साधारणसभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीले हकप्रद निष्कासनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ। बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्नेछ।