कुमारी बैंक र ग्लोबल आइएमईका सेयरधनीले बिक्रीमा राखे सेयर

<p>काठमाडौं । कुमारी बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्त संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । कुमारी बैंकका अनुसार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखिएको हो । यस्तै, ग्लोबल आइएमई लघुवित्त संस्थाको संस्थापक सेयरधनी दिलिप घलले आफ्नो नाममा [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंक र लघुवित्त संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो ।

कुमारी बैंकका अनुसार संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखिएको हो ।

यस्तै, ग्लोबल आइएमई लघुवित्त संस्थाको संस्थापक सेयरधनी दिलिप घलले आफ्नो नाममा रहेको ८ हजार ७११ कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

बैंक र लघुवित्तको सेयरमा संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । खरिद इच्छुकले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधि भित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिनेछ ।

Share News