नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साता आइतबारदेखि शुक्रबार (कात्तिक १० गतेदेखि कात्तिक ३० गते) सम्म नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत भएको हो । समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता, [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साता आइतबारदेखि शुक्रबार (कात्तिक १० गतेदेखि कात्तिक ३० गते) सम्म नेप्सेमा समाज लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक र नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत भएको हो ।

समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको २८ हजार ५ सय कित्ता, कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापतको २ लाख ५० हजार कित्ता र नेपाल ल्युब आयलको २५ प्रतिशत बोनस बापतको १ लाख २२ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

Share News