सामलिङ्ग पावरको ४२ लाख ८४ हजार कित्ता सेयरको लकइन सकिँदै

<p>काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक १५ गते समाप्त हुने जनाएको छ । संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ४२ लाख ८४ हजार ६ सय कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३७ [&hellip;]</p>

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको सेयर लकइन अवधि सकिने भएको छ । कम्पनीको सेयरको लकइन अवधि कात्तिक १५ गते समाप्त हुने जनाएको छ ।

संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको गरी कुल ४२ लाख ८४ हजार ६ सय कित्ता सेयरको लइकन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको ५ लाख र कम्पनीका कर्मचारीहरूको १४ हजार ६ सय कित्ता सेयर लइकन सकिने कम्पनीले जनाएको छ ।

Share News