नेप्से भन्छ- सञ्जालकाे भरमा सेयर बजारमा लगानी नगर्नूस्, नेपालमा काेही पनि विश्लेषक छैनन्

<p>काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आउने विभिन्न प्रकारका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ । नेप्सेले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको भरमा लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले जारी गरेकाे सूचनामा नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको उल्लेख गरेकाे छ । सामाजिक [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सामाजिक सञ्जालमा आउने विभिन्न प्रकारका विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ ।

नेप्सेले सोमबार सूचना जारी गर्दै सामाजिक सञ्जालको भरमा लगानी नगर्न अनुरोध गरेको हो ।

नेप्सेले जारी गरेकाे सूचनामा नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको उल्लेख गरेकाे छ ।

सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्न सक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेतसमेत गराएको छ । उसले यथार्थ बुझेर मात्र लगानीसम्बन्धी निर्णय गर्न अनुराेधसमेत गरेकाे छ ।

सूचना :

Share News