सानिमा रिलायन्सले बोलायो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गते बुधबारका लागि सभा आह्वान गरेको हो । कम्पनीका अनुसार नयाँ बानेश्वरमा रहेको अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । उक्त वार्षिक साधारणसभाका लागि असोज ११ गते एक दिनका लागि दर्ता पुस्तिका (बुक क्लोज) बन्द हुने कम्पनीले जनाएको [&hellip;]</p>

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २३ गते बुधबारका लागि सभा आह्वान गरेको हो ।

कम्पनीका अनुसार नयाँ बानेश्वरमा रहेको अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ । उक्त वार्षिक साधारणसभाका लागि असोज ११ गते एक दिनका लागि दर्ता पुस्तिका (बुक क्लोज) बन्द हुने कम्पनीले जनाएको छ ।

यस्ता छन् सभाका विशेष प्रस्तावहरू:

१. सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम विद्यमान चुक्ता पूँजी  ४,१८,४०,००,०००।- (अक्षरेपी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ मात्र) को १८. ३८११ प्रतिशतका दरले हुने रकम  ७६,९०,६५,२२४ ।- ( ७६ करोड ९० लाख ६५ हजार २ सय २४)  बराबरको बोनस सेयर वितरण गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने र सानिमा लाइफ इन्स्योरेन्स लि. र रिलायन्स लाइफ इन्स्योरेन्स लि. एक आपसमा गाभिई एकीकृत कारोबार भएको मिति २०७९/१२/०९ देखि २०८१/०६/१० सम्म यस कम्पनीको शेयर नियमअनुसार खरिद बिक्री दर्ता खारेज भई नयाँ कायम हुन आएका शेयरधनीहरूले नियमअनुसार प्राप्त गर्ने बोनस शेयरमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने लाभाशं कर रकम दाखिला भएपछि सम्बन्धित शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर दाखिला गर्ने सम्बन्धमा ।

२. प्रस्ताव नं १ मा प्रस्ताव गरे बमोजिमको बोनस शेयर वितरणपश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी वृद्धि गरी ४,९५,३०,६५,२२४।- (अक्षरेपी ४ अर्ब ९५ करोड ३० लाख ६५ हजार २ सय २४) र चुक्ता पूँजी वृद्धि गरी  ४,९५,३०,६५,२२४।- (अक्षरेपी ४ अर्ब  ९५ करोड ३० लाख ६५ हजार  २ सय २४ रुपैयाँ) पुऱ्याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने सम्बन्धमा ।

३. सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने सम्बन्धमा ।

४. कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) बमोजिम आ.व. २०७९।०८० मा साबिक रिलायन्स लाइफ इन्स्योरेन्स लि. तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएका खर्च अनुमोदन गर्ने सम्बन्धमा ।

५. उपरोक्त बमोजिम पारित सामान्य तथा विशेष प्रस्ताव स्वीकृतिको लागि पेस हुँदा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन वा परिवर्तन गर्न कुनै निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरूसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share News