प्रभुका दुई म्युचुअल फण्डको लाभांश घोषणा, १० प्रतिशत प्रतिफल पाउने

<p>काठमाडौं । प्रभु क्यापिटलले दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरेका छन् । कम्पनीले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरूलाई ८.५० प्रतिशत नगल लाभांश वितरण गर्ने भएको [&hellip;]</p>

काठमाडौं । प्रभु क्यापिटलले दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ ३१ गते बसेको बैठकले प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डको लाभांश घोषणा गरेका छन् ।

कम्पनीले प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई गत वर्षको नाफाबाट करसहित १० प्रतिशत र प्रभु स्मार्ट फण्डका इकाईधनीहरूलाई ८.५० प्रतिशत नगल लाभांश वितरण गर्ने भएको हो ।

दुईटै म्युचुअल फण्ड बन्दमुखी योजना हुन् । यी म्युचुअल फण्डको कोष प्रवद्र्धक प्रभु बैंक हो भने योजना व्यवस्थापक प्रभु क्यापिटल हो ।

Share News