कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता

<p>काठमाडौं । कुमारी बैंक लिमिटेड र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ । बैंक र धुलिखेलमा रहेको दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय [&hellip;]</p>

काठमाडौं । कुमारी बैंक लिमिटेड र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ ।

बैंक र धुलिखेलमा रहेको दुसित ठानी हिमालयन रिसोर्टबीच कुमारी बैंकका ग्राहकहरूलाई रिसोर्टबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले दुसित ठानी हिमालयन रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वमिङ पूल, ज्याकूजी, स्टीम तथा सोनामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Share News