मुक्तिनाथले घोषणा गर्याे लाभांश, चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश

<p>काठमाडौं । मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले असोज ११ गते १५औँ वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको [&hellip;]</p>

काठमाडौं । मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले असोज ११ गते १५औँ वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौंमा साँझ ४ बजे बोलाइएको छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालक नियुक्ति सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।

Share News