केही व्यक्तिको स्वार्थका कारण सहकारी क्षेत्र बदनाम बन्यो : मन्त्री अधिकारी

<p>काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले केही व्यक्तिको गल्तीका कारण समग्र सहकारी क्षेत्र बदनाम बनेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १४औं स्थापना दिवसको प्रमुख अतिथिको रूपमा बोल्दै उनले केही सहकारी सञ्चालककाे स्वार्थकाे कारण सहकारी क्षेत्र बदनाम बनेकाे बताएका हुन् । &#8216;सबै सहकारी खराब भनेर जनतामा भ्रम फैलाइएको छ । [&hellip;]</p>

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले केही व्यक्तिको गल्तीका कारण समग्र सहकारी क्षेत्र बदनाम बनेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १४औं स्थापना दिवसको प्रमुख अतिथिको रूपमा बोल्दै उनले केही सहकारी सञ्चालककाे स्वार्थकाे कारण सहकारी क्षेत्र बदनाम बनेकाे बताएका हुन् ।

‘सबै सहकारी खराब भनेर जनतामा भ्रम फैलाइएको छ । तर, स्थानीय, प्रदेश र संघीय सरकारले नियमन गरिरहेका छन्, केही सहकारी संस्था उत्कृष्ट काम गरेर राष्ट्रिय र अन्तराष्ट्रिय पुरस्कृत भएका छन्’, केही व्यक्तिकाे स्वार्थका कारण समग्र सहकारी बदनामी बनेकाे छ,’ उनले भने ।

उनले बैंकबाट कम ब्याजमा कर्जा ल्याएर सहकारीमा राखेर बढी ब्याज खाने परिपाटी मौलाएको पनि बताएका छन् । उनले आफूसँग धेरै भएको सम्पती सहकारीमा राख्ने र बैंकबाट कम ब्याजमा पैसा लिएर सहकारीमा राख्ने र बढी ब्याज खानेहरु पनि रहेको पनि बताए ।

Share News