महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता

<p>काठमाडौं । महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता भएको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस- ९ एक्सपेटेड क्रेडीट लस (ईसीएल) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनसँग समझदारी गरेको छ । उक्त समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंक र केबी चित्रकार एन्ड कम्पनी चार्टर्ड एकाउन्टेनबीच सम्झौता भएको छ ।

बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस- ९ एक्सपेटेड क्रेडीट लस (ईसीएल) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चार्टर्ड एकाउन्टेनसँग समझदारी गरेको छ ।

उक्त समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्दत पुग्ने बैंकले विश्वास लिएको छ ।

साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पूरा गर्न सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयनरअनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

Share News