ब्रोकर नम्बर ९१ ले घोषणा गर्याे लाभांश

<p>काठमाडौं । सिविआईएल सेक्युरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समिति बैकठले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो । साथै लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ६ गते सिबिआईएल सेक्यूरिटिजको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा [&hellip;]</p>

काठमाडौं । सिविआईएल सेक्युरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १३ गते बसेको सञ्चालक समिति बैकठले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज ६ गते सिबिआईएल सेक्यूरिटिजको प्रधान कार्यालय कुपण्डोल ललितपुरमा बिहान ८ बजे दोस्रो वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम संचालकहरूको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा भदौ २४ गतेसम्म कायम सेयरधनीहरूले साधारण सभामा सहभागि भई लाभांश प्रप्ता गर्न सक्नेछन् ।

Share News